९ कार्तिक २०७८, मंगलवार
गृह खोपबारे चीनले बोलायो अन्तर्राष्ट्रिय सम्मेलन, नेपाललाई पनि निम्तो
खोपबारे चीनले बोलायो अन्तर्राष्ट्रिय सम्मेलन, नेपाललाई पनि निम्तो

काठमाडौं। कोरोनाभाईरस कोभिड–१९ को बिषयमा चीनले अन्तराष्ट्रिय भर्चुअल सम्मेलन बोलाएको छ।

निश्पक्ष खोप आपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन चीनले बिहीबार अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलनको आयोजना गरेको छ। सम्म्ेलनमा नेपाललाई पनि निम्तो गरिएको जनाइएको छ।


अगस्ट ५ मा आयोजना हुने भर्चुअल फोरमलाई चिनियाँ विदेशमन्त्री वाङ यीले अध्यक्षता गर्ने भएका छन्।

सो सत्रमा राष्ट्रसंघ, खोप उत्पादक मुलुकका प्रतिनिधि, विभिन्न मुलुकका विदेशमन्त्रीसहित ३० जनाभन्दा बढी सहभागि हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

प्रवक्ता झाओ लिजिआनले अन्तर्राष्ट्रिय खोप साझेदारीलाई बलियो तुल्याउन र खोपको निश्पक्ष र समानुपातिक वितरणका लागि दबाब दिनु छलफलको उद्देश्य रहेको बताए।

Facebook Comments

हरेक खबर खास खबर