९ कार्तिक २०७८, मंगलवार
गृह सामाजिक सुरक्षा कोषमा अनिच्छुक बैंकलाई आवद्ध नगराउन सर्वाेच्चको आदेश
सामाजिक सुरक्षा कोषमा अनिच्छुक बैंकलाई आवद्ध नगराउन सर्वाेच्चको आदेश

काठमाडौं। सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन नचाहने बैंकहरूलाई सूचिकृत गराउने प्रक्रिया यथास्थितिमा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

न्यायाधीशहरू अनिलकुमार सिन्हा नेतृत्वमा रहेको कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइमा विस्तृत छलफल गर्नुपर्ने निष्कर्षमा पुग्नुपर्ने देखिएको भन्दै सो उत्प्रेषण जारी गरेको हो।


साथै सो मुद्दा संयुक्त इजलासमा दर्ता गरी ४५ दिनभित्र पूर्ण सुनुवाइका लागि पेसीमा चढाउन पनि सर्वोच्चले आदेश दिएको छ।

सामाजिक सुरक्षा कोषमा आवद्धताको अनिवार्य नीतिले खाइपाइ आएको तलब सुविधासमेत घट्ने गरी विभेदकारी नीति लिएको भन्दै २२ वटा वाणिज्य बैंकहरुका कर्मचारी र सम्वद्ध संगठनहरूले सर्वाेच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चको संयुक्त इजलासमा राय बाझिएपछि मुद्दाको पेसी पूर्णइजलासमा सरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर