९ कार्तिक २०७८, मंगलवार
गृह अफगानिस्तानमा ईद पर्वमा युद्धविराम गर्ने तालिबान र सुरक्षा बलको निर्णय
अफगानिस्तानमा ईद पर्वमा युद्धविराम गर्ने तालिबान र सुरक्षा बलको निर्णय

काठमाडौं। ईद पर्वको समय लक्षित गर्दै अफगानिस्तानमा युद्धविराम गर्ने तालिबान र सुरक्षाकर्मीको निर्णयलाई अमेरिकी विशेष प्रतिनिधिले स्वागत गरेका छन्।युद्धविरामको निर्णयलाई अमेरिकी बिशेष प्रतिनिधि जलमे खालिलजादले स्वागत गरेका छन्।

तालिबान विद्रोही लडाकु समुह र सुरक्षा बलबीच बढ्दो द्धन्द्धका बीच ईद पर्वको समयमा तीन दिन युद्धविराम गर्ने बताएका छन्।


साठी जना भन्दा धेरै बिधार्थीको ज्यान जाने गरी राजधानी काबुलस्थित एक बिधालय नजिकै भएको बम बिष्फोटको घटना पछि तालिबानले ईदको समय तीन दिन युद्धविराम गर्ने घोषणा गरेको हो।

पछिल्लो केही समययता तालिबान र सुरक्षा बल बीचको तनाब र द्धन्द्धले सर्वसाधारणलाई नराम्रो असर पारेको भन्दै उनले युद्धविरामको निर्णय स्वागत गरेको बताएका हुन्।

तालिबानको घोषणा पछि राष्ट्रपति असरफ घानीले पनि ईदको समय युद्धविराम गर्न सुरक्षा बललाई निर्देशन दिएका हुन्। अमेरिकी बिशेष प्रतिनिधि खालिलजादले अफगानिस्तानमा राजनीतिक समाधान र स्थायी युद्धविरामको अबस्था हुनुपर्ने बताए।

Facebook Comments

हरेक खबर खास खबर