११ कार्तिक २०७८, बिहीबार
गृह भारतमा क्लिनिकबाट किनेको औषधि खाएलगत्तै सुदूरपश्चिमका दिदी–भाइको मृत्यु
भारतमा क्लिनिकबाट किनेको औषधि खाएलगत्तै सुदूरपश्चिमका दिदी–भाइको मृत्यु

काठमाडौं। भारतमा दुई नेपाली दिदी–भाईको मृत्यु भएको छ। दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुई नेपाली बालबालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालरहेका छन्। उनीहरु दिल्लीको शालिमारबागमा बस्दै आएका थिए।


बान्ताको समस्या लिएर सोमबार स्थानीय शुभम डाइग्नोसिस सेन्टर नामक क्लिनिकमा गएर औषधी किनेर विकले छोराछोरीलाई खुवाएका थिए।

क्लिनिकका डाक्टर बेदकुुमार गर्गले दिएको उक्त औषधि खाएपछि १०/१० मिनेटको फरकमा दुुवै दिदी–भाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बताए।मृतक दुुवै जनाको मंगलबार हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरिएको छ।

मृतकहरुले औषधी खरिद् गरेको शुभम डाइग्नोसिस सेन्टरमा तला लगाइएको र डाक्टरलाई नियन्त्रणमा लिइएको सचिव आरबी खड्काले खासखबरलाई जानकारि दिए।

तर पोष्टमार्टम रिपोर्ट पश्चात् मात्रै अन्य प्रकृयाहरु अघि बढ्ने उनले बताए।

Facebook Comments

हरेक खबर खास खबर