१ आश्विन २०७८, शुक्रबार
गृह त्रिभुवन विमानस्थलबाट भित्रिएको अवैध २ किलो सुन गौशलाबाट बरामद, तीन भारतीय पक्राउ
त्रिभुवन विमानस्थलबाट भित्रिएको अवैध २ किलो सुन गौशलाबाट बरामद, तीन भारतीय पक्राउ

काठमाडौं। त्रिभुवन बिमानस्थलबाट भित्रिएको दुई किलो सुन काठमाडौको गौशलाबाट बरामद गरिएको छ। सिल्भर रङको पेन्ट दलेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन प्रहरीले गौशलाको एक गेष्ट हाउसबाट बरामद गरेको हो।

महानगरीय अपराध महाशाखाले सिल्भर रङको पेन्ट दलेको अवस्थामा १ किलो ८६६ ग्राम सुन बरामद गरेको हो। सुनसँगै ३ जना पक्राउ परेका छन्।


पक्राउ पर्नेमा भारत राजस्थान नागौर छोटिखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही ठाउँका २८ वर्षीय अब्दु सतार र २४ वर्षीय प्यार मोहम्मद रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।

उनीहरुलाई बुधबार सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्ट हाउसको कोठा नम्बर २०२ बाट प्रहरीले पक्राउ गरेको कोेइरालाले बताए। उनीहरु बसेको कोठा खानतलासी गर्दा सुटेकशभित्र लुकाएर राखेको अवस्थामा सुन फेला परेको थियो।

प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ १ लाख ५ हजार ५ सय पनि बरामद गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर