९ कार्तिक २०७८, मंगलवार
गृह गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मी। गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ।

जिल्लाको सत्यवती गाउँपालिका–६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक रुरुक्षेत्र गाउँपालिका–५ का ३३ वर्षीय दीपक माझीको मृत्यु भएको हो। दुर्घटना बुधबार राती भएको हो।


जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर सडकदेखि १५/२० मिटर तल खसेको, थियो।

चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर