११ कार्तिक २०७८, बिहीबार
गृह चीनविरुद्ध गठबन्धन गर्न जापान र फ्रान्स तयार
चीनविरुद्ध गठबन्धन गर्न जापान र फ्रान्स तयार

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनले चीनविरुद्ध जापानसँग सुरक्षा गठबन्धनलाई बलियो बनाउने बताएका छन्। फ्रान्सका राष्ट्रपति म्याक्रोनले जापानी प्रधानमन्त्री यशोहिडे सुगासँग भेटका क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन्।

दुबैजनाको भेटपछि जारी एक संयुक्त विज्ञप्तिमा चीनविरुद्ध मिलेर काम गर्न तयार रहेको जनाइएको छ। स्वतन्त्र प्यासिफिकको लागि रक्षा र सुरक्षा क्षेत्रमा मिलेर काम गर्न फ्रान्स र जापान तयार भएका हुन्।


दुबै नेताले बेइजिङमा भइरहेको मानवअधिकारको गम्भीर उल्लंघनको विरोध गरेका छन्। उनीहरुले हङकङमा जारी गरिएको राष्ट्रिय सुरक्षा कानुनपछिको अवस्थाले त्यहाँका स्वायत्तता समाप्त पारेको समेत बताएका छन्।

फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार राष्ट्रपति म्याक्रोनले उक्त भेटका क्रममा मुलुकको इण्डो प्यासिफिक रणनीति र फ्रान्सको ‘पोजिसन’ स्पष्ट पारेका छन्।

फ्रान्सका राष्ट्रपतिले दक्षिण प्यासिफिक राष्ट्रहरुलाई बेइजिङको व्यवहारविरुद्ध एक हुन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

Facebook Comments

हरेक खबर खास खबर