९ कार्तिक २०७८, मंगलवार
गृह काम नगर्ने ७ कम्पनी कालोसूचीमा
काम नगर्ने ७ कम्पनी कालोसूचीमा

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने ७ वटा निर्माण कम्पनी र आपुर्तिकर्ताहरुलाई कालोसुचीमा राखेको छ।

शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले जसमध्ये श्री ए. के. एण्ड गान्बा कन्स्ट्रक्सनलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ।


यस्तै श्री कालिगंगा निर्माण सेवा, श्री कण्टा निर्माण सेवा,श्री लाटिनाथ कन्स्ट्रक्सन सेवा, श्री अम्बर सप्लायर्स एण्ड ट्रेडर्स, श्री आविद निर्माण सेवा र श्री बिक्रम खाद्य स्टोरलाई एक एक वर्षमा लागि कालोसूचीमा राखिएको छ।

उनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

Facebook Comments

हरेक खबर खास खबर