९ कार्तिक २०७८, मंगलवार
गृह पोषण भत्ता लिन वडा कार्यालय पुगेका किशोरलाई बाँधेर कुटपिट गर्ने वडाध्यक्ष पक्राउ
पोषण भत्ता लिन वडा कार्यालय पुगेका किशोरलाई बाँधेर कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

काठमाडौं। जाजरकोटको जुनिचाँदे गाउँपाका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई पोषण भत्ता लिन वडा र्काालय पुगेका बेला डोरीले बाँधेर कुटपिट गरेका उनलाई बिहीबार जाजरकोट प्रहरीले पक्राउ गरेको हो।


इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले वडाध्यक्ष नेपालीलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।

पीडितलाई पनि सदरमुकाम बोलाइएको छ। पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्।

पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुनने प्रहरीले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर