९ कार्तिक २०७८, मंगलवार
गृह रचना र शनिको रोमान्टिक शैलीको गित ‘आँखाभरी’ सार्वजनिक
रचना र शनिको रोमान्टिक शैलीको गित ‘आँखाभरी’ सार्वजनिक

काठमाडौं। लोकप्रिय गायिका रचना रिमाल र गायक शनि विश्वकर्माको आवाजमा रहेको ‘आँखाभरी’ बोलको नयाँ गित सार्वजनिक भएको छ। यो गितको भिडियो फिल्मी पत्र नामक युट्युब च्यानलबाट रिलिज गरिएको हो।

शिसिर सापकोटाको शब्द र ज्ञानेन्द्र गिरिको संगीत रहेको गीतलाई ओम सुनारले एरेन्ज गरेका हुन्। उक्त गितलाई गीतको भिडियोलाई चलचित्र पत्रकार ज्ञानु संगम खड्काले निर्माण गरेका हुन्। उनको यो पहिलो निर्माण हो। भिडियोमा रचना र शनि नै फिचर्ड छन्।


गीतमा प्रेम भावना प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक शैलीको रहेको र्निमाण पक्षले बताएको छ ।
सागर बाबु भट्टले निर्देशन गरेको भिडियोलाई राज पोखरेलले खिचेका हुन्।

केशब प्रसाद अधिकारीले निर्देशनमा सहयोग  गरेको भिडियोमा प्रवीन भट्टको सम्पादन रहेको छ।

Facebook Comments