९ कार्तिक २०७८, मंगलवार
गृह मलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाईयो, ट्वाइलेटको चप्पल लगाएर भागेंः बिमला ओली
मलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाईयो, ट्वाइलेटको चप्पल लगाएर भागेंः बिमला ओली

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक बनाएको बताएकि छिन्।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले माओवादी संसदीय दलको कार्यालयमा सार्वजनिक भएकि हुन्। दुई दिनअघि आफू एमालेमै रहेको भनेर विज्ञप्ति जारी गरेकी ओलीले बिहीबार आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको बताइन्।


आफुलाई १५ साउनमा दाङबाट कब्जामा लिएर मुख्यमन्त्री कार्यालयमा र्पुयाइएको र त्यहाँबाट हिजो आफू शौचालयको चप्पल लगाएर भागेको उनले बताईन्।

‘पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगें, जहाँ मेरो आफनै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरें त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिनँ,’ उनले भनेकी छिन्।

सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको पनि दावी गरिन्।

Facebook Comments

हरेक खबर खास खबर