९ कार्तिक २०७८, मंगलवार
गृह ‘केपी ओलीको पार्टी नेकपा (ओली), चुनाव चिह्न बयलगाढा’
‘केपी ओलीको पार्टी नेकपा (ओली), चुनाव चिह्न बयलगाढा’

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी छ।

काठमाडौंमा बस्न लागेको बैठकमा एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको तयारी पनि गर्नुपर्नेसम्मका छलफल हुने केन्द्रीय सदस्यहरुले जनाएका छन्।


नेपाल समूहमा रहेका एक नेता मेटमणि चौधरीले केपी शर्मा ओलीले नयाँ पार्टी गठनको लागि बाध्य पारेमा त्यसतर्फ अघि बढ्नेगरी छलफल गरिने जानकारी गराए।

“एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको बारेमा छलफल गर्नुपर्छ,” उनले भने, “एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन।

ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर चुनाव लड्छन्, पार्टीको नाम नेकपा (केपी ओली) राख्छन् ।”

Facebook Comments