९ कार्तिक २०७८, मंगलवार
गृह भुटानले पठाएको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
भुटानले पठाएको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

मित्रराष्ट्र भुटानले नेपाललाई उपलब्ध गराएको कोराना भाइरसविरुद्धको तीन लाख डोज खोप नेपाल आइपुगेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट एस्ट्राजेनेका खोप लिएर आएको ड्रुक एयरलाइन्सको विमान बिहान ९ः१५ मा आइपुगेको हो।
उक्त खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने सरकराले जनाएको छ।


यसैगरी, एस्ट्राजेनेकाको खोप शनिबार जापानबाट पनि आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिक चार महिनादेखि दोस्रो डोज खोपको प्रतीक्षामा रहेका छन्।

आफ्ना देशका सबै नागरिकलाई लगाइसकेपछि बढी भएको खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो। उक्त खोप अनुदान हो कि पैंचो भन्नेचाहिँ प्रष्ट भइसकेको छैन।

Facebook Comments

हरेक खबर खास खबर