९ कार्तिक २०७८, मंगलवार
गृह एमालेभित्र सम्मानजनक एकतामा माधव पक्षका केन्द्रीय सदस्यहरुको जोड
एमालेभित्र सम्मानजनक एकतामा माधव पक्षका केन्द्रीय सदस्यहरुको जोड

काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालनिकट केन्द्रीय सदस्यहरुले पार्टीमा सम्मानजनक एकतामा जोड दिएका छन्।

नेपाल निकट केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रममा अधिकांस नेताहरुले सम्मानजनक एकतामा जोड दिएको नेता राजन राईले बताए।बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको छ।


दशबुँदे सहमतिले एकताको आधार तयार पारे पनि त्यसपछिका निर्णयहरुले एकता बिथोल्ने काम भएको नेताहरुले बताएका छन्।

विशेष गरी ओलीले एक्लौटी बैठक राखेर निर्णय गर्ने, गम्भीर आरोप लगाएर सार्वजनिक अभिव्यक्ति दिने क्रम नरोकिँदा इमान्दार एकताको पक्षमा नरहेको पुष्टि हुने नेताहरुको भनाइ थियो।

‘मूल कुरा सम्मानजनक एकता हो । तर एकताको प्रयास कहिलेसम्म भन्ने पनि हुन्छ,’ अर्का केन्द्रीय सदस्य निरज आचार्यले भने । एकता वार्तालाई अब धेरै लम्ब्याउन नहुने सुझाव नेताहरुले दिएको उनले बताए।

Facebook Comments

हरेक खबर खास खबर