९ कार्तिक २०७८, मंगलवार
गृह सरिता गिरीलाई सांसद पदबाट हटाएकोबारे कारण देखाउ आदेश जारी
सरिता गिरीलाई सांसद पदबाट हटाएकोबारे कारण देखाउ आदेश जारी

काठमाडौं। सरिता गिरी प्रतिनिधिसभा सदस्य पदबाट मुक्त गरेकोबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले विपक्षीहरूका नाममा आज ७ दिन बाटोको म्यादबाहेक १५ दिनभित्रमा कारण देखाउन आदेश जारी गरेको हो।


नेपालले जारी गरेको नयाँ नक्साबारे दिएको विवादित अभिव्यक्तिपछि गिरीलाई समाजवादी पार्टीले सांसदबाट हटाउने निर्णय गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर