९ कार्तिक २०७८, मंगलवार
गृह भूमिहीन सुकुम्बासीका विरुद्ध षड्यन्त्र गर्नेहरु कम्युनिष्ट हुन सक्दैन: प्रभु साह
भूमिहीन सुकुम्बासीका विरुद्ध षड्यन्त्र गर्नेहरु कम्युनिष्ट हुन सक्दैन: प्रभु साह

काठमाडौं। पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले भूमिहीन सुकुम्बासीका विरुद्ध षड्यन्त्र गर्नेहरू कम्युनिष्ट हुन नसक्ने टिप्पणी गरेका छन्।

शुक्रबार वीरगन्जमा आयोजित आईटी आर्मीको पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णयप्रति कडा आपत्ति जनाए।


उनले गरिब, विपन्न एवम् सुकुम्बासीलाई पीडा दिने देउवा सरकारलाई साथ दिनेहरु कम्युनिष्टको खोल ओढेका प्रतिक्रियावादी सामन्त भएको जीकिर गरे।

पूर्वमन्त्री साहले सुकुम्बासी समस्या समाधान गर्नुको सट्टा उल्टै सुकुम्बासी विरुद्ध षडयन्त्र गर्ने कार्य देउवा सरकारको चरम गैरजिम्मेवार कार्य रहेको र त्यसमा साथ दिने माधव नेपाल र प्रचण्ड कम्युनिष्टको नाममा कलंक रहेको बताए।

साहले आज केही कथिक कम्युनिष्ट सहितको अपवित्र गठबन्धनको सरकारले गरीब विपन्न तथा दलितहरुको हक अधिकार खोस्ने काम गर्दैछ।

जताततै हेरौं भ्रष्टाचार र लुटआतंक छ, अस्थिरता मच्चाउने खेलहरु निम्त्याइदैछ। यी तमाम वेतिथिका विरुद्ध लड्न आईटी आर्मी खडा गरेको बताए।

Facebook Comments

हरेक खबर खास खबर