९ कार्तिक २०७८, मंगलवार
गृह बालाजु स्थित नेबिको बिस्कुट कारखानामा भीषण आगलागी
बालाजु स्थित नेबिको बिस्कुट कारखानामा भीषण आगलागी

काठमाडौं। काठमाडौंको बालाजुस्थित नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा शनिबार बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ।


बालाजु प्रहरीका अनुसार ८ दमकल तथा कम्तीमा २० वटा पानी ट्यांकर प्रयोग गरि आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतले आगो सनभाउने प्रयास गरेका छन्। आगलागीको कारण र क्षतिको विरण भने यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर