११ कार्तिक २०७८, बिहीबार
गृह अफगानिस्तानको दोस्रो प्रान्तीय राजधानी पनि तालिबानको कब्जामा
अफगानिस्तानको दोस्रो प्रान्तीय राजधानी पनि तालिबानको कब्जामा

तालिवानी बिद्रोहीहरुले २४ घण्टाको अवधीमा दुई प्रन्तीय सहर कब्जामा लिएका छन्। २४ घण्टाभित्र दोस्रो प्रान्तीय राजधानीमाथि कब्जा जमाएको सहरका डेप्यूटी गभर्नरले जानकारी दिएका छन्।

जवजान प्रान्तको राजधानी सेबेरघनका डेप्यूटी गभर्नर कादेर मालियाका अनुसार सरकारी फौज र अधिकारीहरू यति बेला उत्तरी अफगान सहरको विमानस्थलमा एकीकृत भएका छन्।


उनीहरूले त्यहाँ आफूलाई जोगाउने प्रयास गरिरहेका छन्। ‘दुर्भाग्यवश सहर ढल्यो,’ मालियाले एएफपीलाई भने, ‘सरकारी फौज र अधिकारी भागेर विमानस्थलमा पुगेका छन्।’

तालिबानले पनि सेबेरघन सहर आफ्नो कब्जामा आएको विज्ञप्ति जारी गरेको छ । सरकारले भने तालिबानले सहरमा पूर्ण रूपमा नियन्त्रण कायम गरिनसकेको दाबी गरेको छ। गृह मन्त्रालयले ‘काउन्टर’ कारबाही गर्नका लागि त्यस क्षेत्रमा थप सेना, विशेष फौज पठाउनुका साथै हवाई कारबाही पनि सुरु गरिएको बताएको छ।

प्रान्तीय काउन्सिलर विस्मिल्लाह साहिलले तालिबानले गर्भनरको कार्यालय, प्रहरी हेडक्वार्टर र केन्द्रीय कारागारमा कब्जा गरेको बताएका छन् । सरकारी फौजले विमानस्थल लगायत स्थानमा विद्रोहीसँग भिडन्त गरिरहेको जवजानका सांसद करिम जवजानीले जानकारी दिएका छन् ।

Facebook Comments

हरेक खबर खास खबर