२२ मंसिर २०७८, बुधबार
गृह प्रकाश सपुतको गित‘कुरा बुझ्न पर्च’ को नयाँ रेकर्ड
प्रकाश सपुतको गित‘कुरा बुझ्न पर्च’ को नयाँ रेकर्ड

काठमाडौं। सर्जक प्रकाश सपुतको नयाँ गित ‘कुरा बुझ्न पर्च’ ले युटुवमा नयाँ रेकर्ड राखेको छ। प्रकाशको पछिल्लो गीत युटुवमा अपलोड भएको २५ घण्टामा सर्वाधिक हेरिएको पहिलो भिडियो बनेको छ।

गत शुक्रबार प्रकाश सपुत अफिसियल युटुव च्यानलबाट अपलोड गरिएको ‘कुरा बुझ्न पर्च’ गीतको भिडियोलाई २४ घण्टामा ९ लाख ८० हजारले हेरेका छन्।


यस अगाडी केन्द्र मोसनबाट अपलोड गरिएको ‘टाढा भएपनि’को फिमेल भर्सनलाई चौबिस घण्टामा ९ लाख ७२ हजार पटक थियो।

पल शाह र मलिका महत फिर्चड ‘टाढा भएपनि’को भिडियोलाई नायिकाद्वया स्वस्तिमा खड्का र आँचल शर्माको ‘कुरा बुझ्न पर्च’ले उछिनेको हो।

प्रकाश सपुतको तीज गीत विशेष ‘कुरा बुझ्न पर्च’ मा गायिका द्वाय शान्तिश्री परियार र समिक्षा अधिकारीले स्वर दिएका छन्। गीतले वर्तमान युवतीहरुको आत्मविश्वास र रोजाइलाई प्रस्तुत गरिएको छ।

फूलमाया विश्वकर्मा र मनमाया क्षेत्रीको भूमिकामा क्रमशः आँचल शर्मा र स्वस्तिमा खड्का फिचरमा देखिएका छन्।

Facebook Comments