७ माघ २०७८, शुक्रबार
गृह महाधिवेशन सुनिश्चिताको माग गर्दै देउवालाई ज्ञापनपत्र
महाधिवेशन सुनिश्चिताको माग गर्दै देउवालाई ज्ञापनपत्र

काठमाडौं। महाधिवेशनको सुनिश्चिताको माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञानपत्र बुझाएका छन्।

बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि बुढानिलकण्ठमा ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ ले प्रधानमन्त्री एवं सभापति देउवालाई ज्ञापन बुझाएको हो।


नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णको नेतृत्वमा गएको टोलीले सभापति देउवालाई तीन बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

उनीहरुले क्रियाशील सदस्यताको विवाद तत्काल समाधान गर्न माग गर्दै १४ औं महाधिवेनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्।

साथै उनीहरुले समायोजनका नाममा कांग्रेस समर्थकलाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै सदस्यता छानविनको माग गरेका छन्।

Facebook Comments

हरेक खबर खास खबर