७ माघ २०७८, शुक्रबार
गृह कांग्रेस महाधिवेशन मंसिरमा, वडा अधिवेशन भदौ १८ मा गर्ने निर्णय
कांग्रेस महाधिवेशन मंसिरमा, वडा अधिवेशन भदौ १८ मा गर्ने निर्णय

काठमडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ।

शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०७८ मंसिर ९ देखि १२ गतेसम्म आयोजना गर्ने निर्णय भएको हो। भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिनापछि धकेल्ने निर्णय गरेको हो।


भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए।

सभापति शेरवहादुर देउवा निवासमा बसेको बैठकले स्थानीयतहका अधिवेशन भदौ २७ गते आयोजना गर्ने निर्णय गरेको छ।

त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन्।

प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना हुने भएको छ।

Facebook Comments

हरेक खबर खास खबर