७ माघ २०७८, शुक्रबार
गृह कांग्रेस महाधिवेशनः क्रियाशील सदस्यको नामावली प्रकाशन
कांग्रेस महाधिवेशनः क्रियाशील सदस्यको नामावली प्रकाशन

काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागि क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । शुक्रवार केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको संयोजक महादेव प्रसाद यादवले बताए ।

उनका अनुसार नेपाली काँग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको हो ।


साथै क्रियाशील सदस्यको नामावली प्रकाशित गरेसँगै अगामी भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले सम्बन्धीत जिल्लामा प्रतिनिधि खटाएको छ । प्रतिनिधिहरुलाई ती जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ ।

मिति २०७८ भाद्र १० गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु

१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. संखुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बु
८. ओखलढुंगा
९. उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४. भक्तपुर
१५. गोरखा
१६. लम्जुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर (वर्दघाट सुस्तापूर्व)
२५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)
२६. रुपन्देही
२७. पाल्पा
२८. रुकुम (पूर्वी भाग)
२९. रोल्पा
३०. रुकुम (पश्चिम भाग)
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४. बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८. कञ्चनपुर

 

मिति २०७८ भाद्र ११ गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
३९ धनकुटा
४०. भोजपुर
४१. गुल्मी
४२. प्यूठान
४३. दाङ
४४. सल्यान
४५. कालिकोट
४६. जाजरकोट
४७. दैलेख
४८. अछाम

Facebook Comments

हरेक खबर खास खबर