८ माघ २०७८, शनिबार
गृह अफगानिस्तानबाट सबै अमेरिकी सेना फर्किएपछि मेसिन गन पड्काउँदै तालिबानले मनायो खुसि(भिडियो सहित)
अफगानिस्तानबाट सबै अमेरिकी सेना फर्किएपछि मेसिन गन पड्काउँदै तालिबानले मनायो खुसि(भिडियो सहित)

एजेन्सी। अमेरिकाले २० वर्षदेखिको मिसन अन्त्य गर्दै सोमबार राति अफगानिस्तानबाट आफ्ना सबै सेना स्वदेश फिर्ता लगेको छ।

अमेरिकी सेनाको अन्तिम तीन सी–१७ विमानहरुले ३०–३१ अगष्टको मध्यरातमा काबुलको हादिम करजई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका छन्।


यसका साथै अफगानिस्तानमा अमेरिकी सैन्य अभियानको पनि अन्त्य भएको छ। समाचार एजेन्सीहरुका अनुसार न्यूजवीकका सम्पादक नावीद जमालीले ट्वीट गर्दै युद्ध अन्त्य भएको तथा अन्तिम विमानले उडान भरेको लेखेका छन्।

सीएनएनका संवाददाताले अमेरिकाका अन्तिम तीन विमानहरुले हामिद करजई विमानस्थलबाट उडान भरेको बताएका छन् । यो अफगानिस्तानमा अमेरिकाको उपस्थितीको अन्त्य हुन सक्छ।

आरटीका मुराद गजदिएभले ट्वीट गर्दै युद्ध अन्त्य भएको लेखेका छन्। उनले अमेरिकाका बाँकी सेनाहरु अहिले काबुलबाट निस्किरहेको उल्लेख गर्दै उक्त युद्ध १९ वर्ष १० महिना २५ दिनसम्म चलेको लेखेका छन्।

अफगानी पत्रकार मासूम गजनवीले काबुल विमानस्थलबाट निस्कने तयारी गरिररहेका अमेरिकी सेनाको तस्बिर पोस्ट गर्दै त्यसलाई आफ्नो देशलाई कब्जा गरिएको अन्तिम तस्बिर भएको बताएका छन्।

यस क्रममा तालिबानले अफगानिस्तानको रात्रिकालीन आकाशमा मेसिन गनले फायरिङ गर्दै विजयोत्सव मनाएका छन्।

भिडियो हेर्नुहोस्:

 

Facebook Comments

हरेक खबर खास खबर