१२ माघ २०७८, बुधबार
गृह माधव नेपाललाई युवराज ज्ञवालीको आग्रहः एमाले सिध्याउने प्रयास नगर्नुहोला, एमाले त सिध्याउनु होला, तर तपाईंहरुले जित्नुहुन्न
माधव नेपाललाई युवराज ज्ञवालीको आग्रहः एमाले सिध्याउने प्रयास नगर्नुहोला, एमाले त सिध्याउनु होला, तर तपाईंहरुले जित्नुहुन्न

काठमाडौं। नेकपा एमाले उपाध्यक्ष तथा कर्णाली प्रदेशका संयोजक युवराज ज्ञवालीले वाममोर्चा बनाएर एमाले सिध्याउने प्रयास नगर्न माधवकुमार नेपाललाई आग्रह गरेका छन्।

ज्ञवालीले माधव नेपाललाई चुनौती दिंदै भने, ‘आफूले आफूलाई सिध्याउने दिशामा लाग्नु भएको छ। एमालेको मत खोसेर हामी जित्छौं भन्ने नसोच्नुस् ।’


माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरेको भन्दै उनले कुनै दिन उनले त्यो महसुस गर्नेसमेत बताए।

‘माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नु हुन्छ,’ संयोजक ज्ञवालीले माधव नेपालाई प्रश्न गरे, ‘एमालेको एजेण्डा र विचार लिएर उहाँ कहाँ पुग्नु हुन्छ ? हिजोको गल्तीको कारण बनाएर आज पार्टी विभाजन गर्न मिल्छ ?’

Facebook Comments

हरेक खबर खास खबर