८ माघ २०७८, शनिबार
गृह दोहोरी साँझ खोल्न नदिएको भन्दै व्यवसायीले सिडिओलाई चाबी बुझाए
दोहोरी साँझ खोल्न नदिएको भन्दै व्यवसायीले सिडिओलाई चाबी बुझाए

काठमाडौं। पोखराका दोहोरी र रेष्टुरेण्टका सञ्चालकहरुले रात्रीकालीन व्यवसाय सञ्चालनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई चाबी बुझाएका छन्।

पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष जीवन गुरुङ र महासचिव चोलेन्द्र पौडेलले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई चाबी हस्तान्तरण गरेका हुन्। गुरुङले अरु व्यापार पूर्ण रुपमा खुले पनि रात्रीकालीन व्यवसाय रोक्दा आफूहरुलाई सकस परेको बताए।


कोरोना महामारीपछि लकडाउन खुकुलो भएर अरु व्यवसायहरु सुरु भइसक्दा समेत रात्रिकालीन व्यवसायमा रोक लगाइएको भन्दै व्यवसायीले विरोध जनाएका हुन्।

महासचिव पौडेलले सम्पूर्ण क्षेत्रमा कोरोना खोप पुगिसक्दा दोहोरी व्यवसायी छुटेको बताए।

Facebook Comments

हरेक खबर खास खबर