१२ माघ २०७८, बुधबार
गृह लुम्बिनी प्रदेशसभा सदस्य घर्तीले गरिन् एकीकृत समाजवादीमा सनाखत
लुम्बिनी प्रदेशसभा सदस्य घर्तीले गरिन् एकीकृत समाजवादीमा सनाखत

बुटवल। लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले नेकपा एकीकृत समाजवादी रोजेकी छन्।

प्रदेश निर्वाचन आयोगको कार्यालय दाङ पुगेर मंगलबार घर्तीले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गाएकी हुन्।
घर्ती पाल्पाबाट निर्वाििचत सांसद हुन्।


आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा उनले सनाखत गराएकी हुन्। एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरेले घर्तीले खनाखत गरेको जानकारी दिइन्।

उनी लुम्बिनी प्रदेशसभामा एकीकृत समाजवादी पार्टीको पक्षमा खुल्ने एमालेको पहिलो सांसद हुन्।

Facebook Comments

हरेक खबर खास खबर