१२ माघ २०७८, बुधबार
गृह नेपालमा एक करोड बढिले लगाए कोभिडविरुद्धकाे खाेप
नेपालमा एक करोड बढिले लगाए कोभिडविरुद्धकाे खाेप

काठमाडौं। नेपालमा बुधबारसम्म कोभिडविरुद्धको खोप एक करोड बढीको पहुँचमा पुगेको छ। जुन लक्षित जनसंख्याको ४६ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोभिडविरुद्धको खोप लगाउने १८ वर्षभन्दा माथिका लक्षित जनसंख्या दुई करोड १७ लाख ५७ हजार सात सय ६३ छन्।


जसमध्ये पहिलो मात्रा ५४ करोड २४ लाख आठ सय ३६ (१८ प्रतिशत) र पूर्णमात्रा ४६ लाख ६७ हजार तीन सय २८ (१५ दशमलव ४ प्रतिशत) गरी एक ९२ हजार एक सय ६४ जनाले कोभिड प्रतिरोधी खोप प्राप्त गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन्।

उनका अनुसार लक्षित जनसंख्याको ४६ दशमलव ४ मा खोपको पहुँच पुगेको छ। किशोर किशोरीका लागि मोडेर्ना र फाइजर खोप प्राप्त हुँदैछ। सरकारले ६० लाख खरिदका लागि प्रक्रिया अघि बढाइसकेको छ।

Facebook Comments

हरेक खबर खास खबर