७ माघ २०७८, शुक्रबार
गृह काँग्रेस महाधिवेशनः पौडेल समूहका सभापति आकांक्षीले सामूहिक पत्रकार सम्मेलन गर्दै
काँग्रेस महाधिवेशनः पौडेल समूहका सभापति आकांक्षीले सामूहिक पत्रकार सम्मेलन गर्दै

काठमाडौं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनको चटारो गाउँ–नगर देखि केन्द्रसम्म शुरु भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आज पत्रकार सम्मेलन गर्दैछ।

पौडेल समूहबाट पार्टीको १४ औं महाधिवेशनमा एक मात्र उम्मेदवार हुने भन्दै सभापतिका आकांक्षी चार उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्।


दिउँसो दुुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मलेन गरिने बताईएको छ। लामो समयसम्म उम्मेदवारको टुंगो लगाउन नसकेपछि कार्यकर्ताको दबाब थेग्न नसकेर पौडेल समूहले यो पत्रकार सम्मेलन गर्न लागेको हो।

उनीहरुले आफूहरु एकैठाउँमा भएको र महाधिवेशनमा एक मात्र उम्मेदवार हुने भन्ने सन्देश सम्मेलनबाट दिन खोजेको बताईएको छ।

पौडेल समूहबाट वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको आकांक्षी देखिएका छन्।

पौडेल समूहका चार उम्मेदवारमध्ये रामचन्द्र पौडेल १३ औं महाधिवेशनमा सभापतिमा पराजय भएपछि फेरि एकपल्ट सभापति हुन पाउनुपर्ने अडान राख्दै आएका छन्।

Facebook Comments

हरेक खबर खास खबर