१२ माघ २०७८, बुधबार
गृह महेस बस्नेतलाई देउवाको चुनौतीः मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्
महेस बस्नेतलाई देउवाको चुनौतीः मलाई होइन दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले नेकपा एमालेका नेता महेश बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका छन्।

भक्तपुरको सूर्यविनायक पुगेर देउवाले सांसद बस्नेतलाई आउने चुनावमा आफुलाई नभई दुर्लभ थापालाई चुनाव हराउन चुनौती दिएका हुन्।


आजबाट काँग्रेसको वडा अधिवेशन शुरु भएको छ। वडा अधिवेशनको उद्घाटन गर्न सूर्यविनायक–५ कटुञ्जेमा पुगेका देउवाले महेश बस्नेतको नाम लिँदै जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन चुनौती दिएका हुन्।

देउवाले भने, ‘कांग्रेस सशक्तरूपमा अघि बढेको छ। महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन्। बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्।’

केही दिनअघि बस्नेतले भक्तपुरमा अब कांग्रेस शिला खोज्नुपर्ने भन्दै सभापति देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए।

भक्तपुर क्षेत्र नम्बर २ मा बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई दोब्बर मतान्तरमा पराजित गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर