१२ माघ २०७८, बुधबार
गृह कैलालीमा विङ्गर र अटो ठोक्किदा ३ जनाको मृत्यु, ४ घाइते
कैलालीमा विङ्गर र अटो ठोक्किदा ३ जनाको मृत्यु, ४ घाइते

कैलाली। कैलालीमा शुक्रबार राति विङ्गर र अटो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–४ राजिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा परी चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विइङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको गरेको से १ ह २५१० नम्बरको अटो राति करिब ११ बजे एकआपसमा ठोक्किएको हो। दुर्घटनामा परी अटोमा सवार ३ जनाको मृत्यु भएको छ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका – ९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी छन् । उनीहरूको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अटोमा सवार सातै जना घाइते भएका थिए। घाइतेको तत्काल उद्धार गरी उपचारका लागि धनगढी लगिएकोमा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घाइते घोडाघोडी–९ कै २४ वर्षीय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षीय सुरेश चौधरी, २० वर्षीय असान्त चौधरी र ३० वर्षीय हरि चौधरी छन्।

घाइते चारै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए। ठक्कर दिने विङ्गरका सहचालक कञ्चनपुर बेदकोट नगरपालिका–१० का २५ वर्षीय धनु रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments

हरेक खबर खास खबर