१२ माघ २०७८, बुधबार
गृह कैलालीको मनहरा नदीमा बेपत्ता दुई बालक मृत भेटिए
कैलालीको मनहरा नदीमा बेपत्ता दुई बालक मृत भेटिए

धनगढी। कैलालीको गोदावरी नगरपालिका–१ स्थित मनहरा नदीमा बेपत्ता भएका दुई बालक मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका––१ का १० वर्षीय योगेन्द्र थापा र १४ वर्षीय आयुग थापा मृत फेला परेका छन्।


शुक्रबार दिउँसो गेटा मेडिकल नजिकै रहेको मनहरा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए। उनीहरु शुक्रबार राती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले बताए।

नदीमा बेपत्ता भएका दुई बालकको खोजीमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बैजनाथ बाहिनीवाट सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो।

Facebook Comments

हरेक खबर खास खबर