७ माघ २०७८, शुक्रबार
गृह ‘ओली सरकारले मधेशका माग सम्बोधन गर्न लाग्दा गडबड भयो’
‘ओली सरकारले मधेशका माग सम्बोधन गर्न लाग्दा गडबड भयो’

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले ओली सरकारले मधेस आन्दोलनमा लागेका १३९ जनाको मुद्दा फिर्ता लिएको र अन्य माग सम्बोधन गर्न लागेकै बेला गडबड भएको बताएका छन्।

मनोकामना युवा कमिटी जनकपुरधाम ११ ले आज बिहान एक कार्यक्रममा बोल्दै नेता महतोले सोही कारण रेशम चौधरी पनि रिहा हुन नसकेको बताएका हुन्।


नेता महतोले अहिले देशमा प्रधानमन्त्री कुर्सीको लडाई मात्र चलिरहेको बताए। महतोले भने, ‘देशमा राजनीतिक अवस्था एउटै छ, प्रधानमन्त्री कुर्सीको लडाई । कोही कुर्सी पाउन त कोही कुर्सीबाट हटाउने खेलमा लागेका छन् ।’

Facebook Comments

हरेक खबर खास खबर