१२ माघ २०७८, बुधबार
गृह १९ वर्षीया स्वस्तिका बनिन् कांग्रेस वडा सभापति
१९ वर्षीया स्वस्तिका बनिन् कांग्रेस वडा सभापति

काठमाडौं। सत्तारुढ नेपाली काँग्रेसको १४ महाधिवेशनको प्रकृया अन्तरगत शुक्रबारबाट वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको छ।
कांग्रेस पुरानो पार्टी भएकाले नेतृत्वको आकांक्षामा बसेकाहरू र नयाँ पुस्ता पार्टीमा नआएको गुनासो बढिरहँदा दैलेखको दुल्लु नगरपालिका–३ मा भने १९ वर्षीया किशोरीले वडा सभापतिमा विजयी भएकि छिन्।

कांग्रेसले वडा समिति सभापतिमा १९ वर्षीया स्वस्तिका महतलाई निर्वाचित गरेपछि नयाँ पुस्ताको पनि राजनीतिमा आकर्षण बढ्दै गएको भान हुन थालेको छ।


स्वस्तिका दैलेख कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरी हुन्। भूपेन्द्र कांग्रेस जिल्ला उपसभापति पनि भइसकेका व्यक्ति हुन्। कलिलै उमेरमा वडा सभापतिको नेतृत्व सम्हालेर उनले स्वर्गीय पिताको राजनीतिक यात्रालाई निरन्तरता दिएकी छन्।

स्वस्तिकालाई सर्वसम्मत रुपमा वडा सभापतिको नेतृत्व मिलेको हो। त्यसो त सो पदका आकांक्षी अरू नभएका होइनन् तर एउटी किशोरीले नेतृत्व लिने साहस देखाएपछि सबैले साथ दिएको बताइएको छ।

विपक्षी दलका नेताहरूले पनि स्वास्तिकाको प्रयास र अरूको साथको प्रशंसा गरेका छन्।

Facebook Comments

हरेक खबर खास खबर