१२ माघ २०७८, बुधबार
गृह अदालतको बलमा सरकारमा जानेहरुले जनताको पक्षमा काम गर्न सक्दैन: नेता पोखरेल
अदालतको बलमा सरकारमा जानेहरुले जनताको पक्षमा काम गर्न सक्दैन: नेता पोखरेल

काठमाण्डु- एमाले नेता शंकर पोखरेलले अदालतको बलमा सरकारमा जानेहरुले जनताको पक्षमा काम गर्न नसक्ने बताए। शनिबार तुलसीपुरमा पार्टीको भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन्।

जनमतमा विश्वास हुनेहरु परमादेश र अध्यादेशको भरमा चल्दैनन्,’ उनले भने, ‘परमादेशबाट सरकार बनाउने र अध्यादेशबाट पार्टी फोड्ने काम गरिरहेका छन्। हिम्मत हुनेहरुले आफ्नो पार्टीमा विश्वास गर्छ, जनमतमा विश्वास गर्छ।’


नेता पोखरेलले एमाले जनताको बीचमा आएको उल्लेख गरेका छन्। ‘सरकारबाट हटाइए पनि एमाले जनताको बीचमा आएको छ। हामीले निर्वाचनमार्फत पनि जनताकै बीचमा जान खोजेका थियौं,’ उनले भने, ‘जनतामा विश्वास हुनेहरु निर्वाचनमा जान डराउनु हुँदैन। कांग्रेस र माओवादीलाई जनमतमा विश्वास छैन। त्यसैले चुनावदेखि डराइरहनुभएको छ।’

Facebook Comments

हरेक खबर खास खबर