१२ माघ २०७८, बुधबार
गृह सिटामोल खाँदै ओलीले भनेः माधव नेपाल जस्तो शरम पचेको मान्छे काेही देखिनँ, वामदेवलाई पनि कडा प्रहार 
सिटामोल खाँदै ओलीले भनेः माधव नेपाल जस्तो शरम पचेको मान्छे काेही देखिनँ, वामदेवलाई पनि कडा प्रहार 

काठमाडौं। शुक्रवारदेखि अस्वस्थ भएर भेटघाटसमेत स्थगित गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार दिउँसो काठमाडौं महानगरपालिका स्तरीय कार्यकर्ता भेलामा उपस्थित भए । सम्बोधनको सुरुमै उनले बढी काम, थकान भएर ज्वरो आएको, तर अस्वस्थ भनेर हल्ला भएको बताए ।

कार्यक्रममा बोल्दै उनले एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेका माधवकुमार नेपाल र शुक्रवार एमालेबाट राजीनामा दिएका वामदेव गौतमको चर्को आलोचना गरेका छन् ।


अध्यक्ष ओलीले माधव नेपालले नेकपा एस पार्टी बनाएको नभई काँग्रेस र देउवाका लागि ‘यस’ पार्टी बनाएको भन्दै व्यङ्ग्य गरे । उनले एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरुलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरूको संज्ञा दिएका छन् । उनले भने, ‘अहिले हाम्रो घरका बिरालाहरू शेरबहादुर देउवाको भान्सामा पुगेका छन् । दूध र भात खान पाइन्छ भन्दै म्याउ गर्दै ढुक्नलाई पुगेका छन् ।’

‘कहिले सामान्ती राजाको वरिपरि दाम चढार परिक्रमा गरेको छ,’ओलीले भने, ‘कहिले पत्र मन्जुसामा प्रधानमन्त्री हुन पाउ भन्ने निवेदन पनि पुर्याएको छ। मैले पार्टी चलाउन नसक्ने भएँ भनेर पार्टी छोडेर हिँडेको छ।’ त्यसैगरी ओलीले माधव नेपाललाई सरम पचेको सम्म पनि भने । उनको भने, ‘नेपालमात्र होइन, विश्वका अरू धेरै देश पुगें, तर माधव नेपालजस्तो शरम पचेको कोही देखिनँ।’

यता वामदेवको पनि चर्को आलोचना
अध्यक्ष ओलीले वामदेव गौतमलाई भने उपप्रधानमन्त्री हुन आफुलाई गाली गर्दै एमालेको छाडेको आरोप लगाएका छन् ।गौतमले लेखेको राजीनामाको व्यहोरामाथि टिप्पणी गर्दै ओलीले भने, ‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाई केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाई केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो रु तपाई केपी शर्मा ओलीले खाली के जाती गरेँ, त्यसकारण तपाईंको पार्टी छोडेँ ।’

उपप्रधानमन्त्री हुन राजीनाको विषय एउटा भए पनि व्यहोरा अर्कै लेखेको ओलीको भनाइ छ । उनले भने, ‘उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने रु निवेदनमा एउटा कुरा र निवेदनको ब्यहोरा भने अर्कै छ।’ एउटालाई रिझाउन अर्कोलाई गाली गरिएको उनको भनाइ छ।

Facebook Comments

हरेक खबर खास खबर