१२ माघ २०७८, बुधबार
गृह न्युजिल्याण्डको एक सुपरमार्केटमा आतंककारी हमला
न्युजिल्याण्डको एक सुपरमार्केटमा आतंककारी हमला

काठमाडौं। न्युजिल्यान्डको राजधानी अकल्यान्डस्थित एउटा सुपर मार्केटमा एक आतंककारी हमला भएको छ। कम्तीमा छ जना मानिसलाई छुरा रोपेर घाइते बनाउने एक हिंसात्मक अतिवादीलाई प्रहरीले घटनास्थलमै गोली हानेर मारेको छ।

प्रधानमन्त्री जासिन्दा आर्डेनले ती आतंककारी आक्रमणकारी आपराधिक पृष्ठभूमिका कारण प्रहरीको निगरानीमा रहँदै आएका श्रीलंकाली नागरिक भएको जानकारी दिएकी छन्।


आर्डेनले नाम नखुलाइएका ती आक्रमणकारी इस्लामिक स्टेट (आइएस) आतंककारी समूहका समर्थक रहेको पनि पुष्टि गरेकी छन्। शुक्रबार प्रहरीले कारबाही शुरू गरेको ६० सेकेन्डमै उनलाई मार्न सफल भएको थियो। स्वास्थ अधिकारीहरूका अनुसार घाइते चारजनाको स्थिति गम्भीर रहेको छ।

अकल्यान्डका मेयर फिल गोफले अस्पताल परिवारले तिनीहरूको ज्यान जोगाउन हरसम्भव प्रयास गरिरहेको बीबीसीलाई बताएका छन्।

शुक्रबार अपराह्न अकल्यान्डको न्युलिन जिल्लाको लिनमलस्थित काउन्ट डाउन सुपरमार्केटमा यस्तो अप्रत्यासित घटना घटेको हो।

प्रधानमन्त्री आर्डेनले कुनै समूहबाट नभई एकल व्यक्तिबाट भएको यस आक्रमणलाई घृणित एवं अक्षम्य घटना भन्दै भत्र्सना गरेकी छन्।

Facebook Comments

हरेक खबर खास खबर