१२ माघ २०७८, बुधबार
गृह बिहानै पहिरो खस्दा मुग्लिन–नौबिसे सडक अवरुद्ध
बिहानै पहिरो खस्दा मुग्लिन–नौबिसे सडक अवरुद्ध

काठमाडौं। पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध बनेको छ।। पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध बनेको हो।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले बताए। पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताएका छन्।


Facebook Comments

हरेक खबर खास खबर