७ माघ २०७८, शुक्रबार
गृह देउवाको गृह जिल्लामा अधिवेशन स्थगित, वडा अधिवेशन भदौ २५ मा
देउवाको गृह जिल्लामा अधिवेशन स्थगित, वडा अधिवेशन भदौ २५ मा

काठमाडौं। नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन स्थगित भएको छ।

मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले क्रियाशिल सदस्यहरुको नामावलीमा व्यापक हेरफेर तथा थपघट गरिएको भन्दै पार्टीको १४औं महाधिवेशन प्रायोजनका लागि केन्द्रीय निर्वाचन समितिले पठाएको कार्यसमिति बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।


योसँगै यता निर्वाचन अधिकृत लोकेन्द्र बमले भने केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार यहि भदौ २५ गते वडा अधिवेशन हुने भन्दै विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तीमा बाँकी पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला अधिवेशनको मिति आगामी सूचनामार्फत जानकारी गराइने उल्लेख गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर