८ माघ २०७८, शनिबार
गृह तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकार घोषणा, मुल्लाह हसन अखुन बने प्रधानमन्त्री
तालिबानद्वारा अफगानिस्तानमा अन्तरिम सरकार घोषणा, मुल्लाह हसन अखुन बने प्रधानमन्त्री

एजेन्सी। तालिबानले अफगानिस्तानको अन्तरिम सरकार मोहम्मद हसन अखुण्डको नेतृत्वमा घोषणा गरेको छ । मंगलबार साझ तालिवानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानको अन्तरिम सरकारण घोषणा गरेको हो ।

साथै तालिवानले मन्त्रिपरिषद्का केही मन्त्रीहरुको नाम सार्वजनिक गरेको छ। अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबान प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन आयोजना गरि बताएका छन्।


मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ । तालिबान बाहेकका अन्य पक्षबाट पनि मन्त्रिपरिषद्मा समावेश गर्न व्यापक माग भैरहेपनि नयाँ क्याबिनेटमा अन्यको नाम समावेश गरिएको छैन।
यो सरकारलाई कामचलाउ अर्थात अन्तरिम सरकार भनिएको छ।

Facebook Comments

हरेक खबर खास खबर