७ माघ २०७८, शुक्रबार
गृह वागमतीमा ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् बिस्तार, को को बने मन्त्री?
वागमतीमा ७ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् बिस्तार, को को बने मन्त्री?

काठमाडौं। बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकि छिन्। बुधबार मुख्यमन्त्री शाक्यले ७ मन्त्री र ४ जना राज्मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् बिस्तार गरेकि हुन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

नवगठित मन्त्रिपरिषद्मा भौतिक पूर्वाधार विकास मन्त्रीमा केशव खड्कालाई निुक्त गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी डा. अजय क्रान्ति शाक्यलाई दिइएको छ।


यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छन् भने विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्।

प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका हुन्।

Facebook Comments

हरेक खबर खास खबर