८ माघ २०७८, शनिबार
गृह संसद बैठक स्थगित गरेर सभामुख एमालेसँग वार्तामा
संसद बैठक स्थगित गरेर सभामुख एमालेसँग वार्तामा

काठमाडौं। सभामुख अग्नी प्रसाद सापकोटा र एमाले संसदीय दलका प्रमुख सचेतकलगायतबीच छलफल सुरु भएको छ। संसदको गतिरोध हटाउने विषयमा सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरिरहेका हुन् ।

संघीय संसद भवनको सभामुख कक्षमा छलफल चलिरहेको छ । एमालेले आज संसद बैठक सुरु हुनासाथ आफ्नो धारणा राखेर संसद बैठक अवरुद्ध पार्दै सभामुख विरुद्ध नाराबाजी गरेको थियो।


Facebook Comments

हरेक खबर खास खबर