१२ माघ २०७८, बुधबार
गृह एमसीसीबारे नेपाल सरकारको प्रश्न र अमेरिकाको जवाफ (पूर्णपाठसहित)
एमसीसीबारे नेपाल सरकारको प्रश्न र अमेरिकाको जवाफ (पूर्णपाठसहित)

काठमाडौं। अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ दिएको छ । सरकारले सोधेका विभिन्न ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले बुधवार लिखित रुपमै फर्काएको हो ।

गत शुक्रबार अर्थमन्त्रालयले एक पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरुबारे स्पष्ट जवाफ दिन अनुरोध गरेको थियो । ‘लिखित रुपमा नै अमेरिकी सरकारले जवाफ फर्काएको छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने,’जवाफीपत्रमा के छ भन्नेबारे अध्ययन हुँदैछ ।’


नेपाल सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो(प्यासेफिक रणनीति’को अंग भएरनभएको र एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएकोरनजोडिएकोबारे स्पष्ट गर्न आग्रह गरेको थियो ।

एमसीसीको सम्झौता नेपालको कानुनको अधिनमा रहनेरनहरने र संसदबाटै पास गर्नुपर्ने अनिवार्यताको आवश्यक्ताबारे पनि सोधिएको थियो ।

लेखा परीक्षणका व्यवस्थादेखि जे जति बुँदाहरुमाथि प्रश्न उठेका छन्, ती सबै विषयमा स्पष्ट गर्न आग्रह गरेपछि अमेरिकाले त्यसको जवाफ दिन सकिने भन्दै स्वागत गरेको थियो ।

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था नेपाल आउनुभन्दा ठीक अघि नेपाल र अमेरिकन सरकारबीच एमसीसीबारे नै पत्र आदान—प्रदान भएको हो।

हाल नेपाल सरकारले एमसीसी पास गर्ने रणनीति बनाएको छ। सरकारले सो रणनीति बनाएसँगै एमसीसीको विरोध भइरहेको छ। सत्ता गठबन्धन कै केही नेताहूले एमसीसीको विरोध गरेका छन्। एमसीसी कुनै पनि हालतमा पास हुनुहुँदैन भनेर हाल प्रर्शन पनि भइरहेको छ।
हेर्नुहोस् पूर्णपाठ

 

Facebook Comments

हरेक खबर खास खबर