१ आश्विन २०७८, शुक्रबार
गृह सरकार लम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने तयारी
सरकार लम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने तयारी

काठमाडौँ। कोभिडका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यसूची सार्वजनिक गर्न भएपछि सीमा क्षेत्रको पनि जनगणना गरिन भचएको छ। जनगणा महानिर्देशक नेविललाल श्रेष्ठका अनुसार सिमा क्षेत्रमा पनि जनगणा हुने भएको हो। महानिर्देशक श्रेष्ठका अनुसार त्यस क्षेत्रको जनगणना कसरी गर्ने भन्ने विषयमा निरन्तर छलफल भइरहेको बताएका छन्। सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीको जनगणना गर्ने तयारी गरेको छ । केन्द्रीय तथ्यांक विभागले अवस्था हेरेर सम्भव भएसम्म लिम्पियाधुरा, लिपुलेक कालापानीको जनगणना गरिने उल्लेख गरेको छ।

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँगको छलफलबाट एउटा निश्कर्षमा उनले बताएका छन्।त्यहीँ गएर गर्न अहिलेको अवस्था सम्भव छैन, तर यो विषय विषय हो,ु उनले भने, ुस्थानीय तह, सीडिओ, प्रदेश सरकार, सम्बन्धित मन्त्रालयसँग निरन्तर छलफल गरिएको छौँ, सम्भव भएसम्म गणना गरिने छ।


भौतिक उपस्थितिमा नभएमा नयाँ प्रविधिको माध्यमबाट भए पनि त्यो क्षेत्रको जनगणना हुने श्रेष्ठले बताएका छन्। । उनले सेटलाइट वा जीएसएस प्रविधिको माध्यमबाट अध्ययन गरेर अनुमानित तथ्यांक संकलन गरिने जानकारी दिए । उनका अनुसार आगामी कार्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना हुनेछ ।

यस्तै भदौ २० गतेदेखि जनगणनाको काम सुरुवात हुने र मुख्य जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने श्रेष्ठले जनाएका छन्। जनगणनाका लागि ८० वटा प्रश्नावली तयार पारिएको छ । जनगणनाको तथ्यांक संकलन दुई चरणमा हुने व्यवस्था गरिएको छ । विभागको कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गरिनेछ । भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सूचीकरणको काम गर्नेछन् ।

कात्तिक १३ देखि १६ गतेसम्म गणक भर्ना गरेर तालिम दिने काम हुनेछ । गत जेठ २५ देखि ८ सम्म हुने निर्धारित कार्यतालिका कोभिडका कारण प्रभावित भएको थियो । कोभिड महामारी बीचमा पनि जनगणनाका आन्तरिक काम भने भइरहेको उनले बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर