१ आश्विन २०७८, शुक्रबार
गृह कोरोनाका कारण ठप्प रहेका शिक्षण संस्थाहरु पुनः सञ्चालनमा
कोरोनाका कारण ठप्प रहेका शिक्षण संस्थाहरु पुनः सञ्चालनमा

काठमाडौं।  कोरोनाभाइरस संक्रमण महामारीसँग बन्द रहेका अछामका शिक्षण सस्थाहरुपनःसञ्चालनमा आउन लागेका छन्। कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएका निषेधाज्ञालाई स्थानीय प्रशासनले खुकुलो गरेसँगै अछामका स्थानीय तहहरूले विद्यालयमा विद्यार्थी उपस्थित गराएर पठनपाठन सुरु  गर्न थालेका हुन्।

जिल्लामा संक्रमितको संख्या शून्यमा झरेपछि पालिकाहरुले विद्यालयमै पठनपाठन सुरु गर्ने  थालेका हुन्। साँफेबगर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरुमा बिहीबार पठनपाठन सुरु गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले  जनाएका छन्। विद्यालयमा संक्रमणको जोखिम कम गर्न भौतिक दूरी, मास्क, सेनिटाइजर, साबुनपानी लगायतका मापदण्ड पालनालाई अनिवार्य गरिएको छ ।


Facebook Comments

हरेक खबर खास खबर