१ आश्विन २०७८, शुक्रबार
गृह रातारात भाइरल बनेकी रानू मन्डलको जीवनीमा बायोपिक फिल्म बन्दै
रातारात भाइरल बनेकी रानू मन्डलको जीवनीमा बायोपिक फिल्म बन्दै

काठमाडौं। सन् २०१९ मा रानू मन्डलको एक भिडियो भाइरल भएपछि रातारात स्टार बनिन् ।

विहान बेलुकाको छाक टार्न वेस्ट बंगालमा संघर्ष गरिरहेकी उनको सुमधुर आवाजले चर्चाको शिखरमा पुर्यायो ।


उनलाई यस्तो फेम मिल्यो कि बलिडका चर्चित गायक हिमेश रेशमियाले उनलाई ‘तेरी मेरी’ गीत अफर गरे ।

यो गीत निकै चर्चामा रह्यो । तर, रानूको स्टारडम भने लामो समय चल्न सकेन । अहिले उनी लाइमलाइटबाट टाढा छिन् ।

अब रानू मन्डलको जीवनीमा फिल्म निर्माण हुने भएको छ । फिल्मलाई ऋषिकेश मन्डलले निर्देशन गर्दैछन् ।

रानूको बायोपिकमा दक्षिण भारतीय अभिनेत्री इशिका डे लिड रोलमा देखिने भएकी छन् ।

उनले यसअघि अभिनेता सैफ अली खान स्टारर वेव सिरिज ‘सेक्रेड गेम्स’ मा अभिनय गरेकी थिइन् । ट्रिब्यूनल इन्डियाको रिपोर्ट अनुसार, फिल्मको नाम ‘मिस रानू मारिया’ जुराइएको छ ।

Facebook Comments