१ आश्विन २०७८, शुक्रबार
गृह सत्तारुढ गठबन्धनको बैठक आज बस्दैः यसरि हुदै मन्त्रिपरिषद् विस्तार
सत्तारुढ गठबन्धनको बैठक आज बस्दैः यसरि हुदै मन्त्रिपरिषद् विस्तार

काठमाडौँ। सरकारलाई पुर्णता दिनका लागि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ। बैठक विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउबाका प्रमुख स्वकीय सचिव भानु देउबाले बताएका छन्।

अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको स्रोतले जनाएको छ। यद्यपि कुन मन्त्रालय कसलाई भन्ने विषय भने टुंग्याउने तयारी भएको उल्लेख गरिएको छ। सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउबाको आलोचना हुँदै गएको छ।


गठबन्धनमा दल विभाजनसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषय पनि छलफल हुने भएको छ। अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा गठबन्धनमानै एकमत रहेको छैन्।

तथापि एमाले विभाजनको फैसला भदौ २८ मा आउने सम्भावना भएकाले सोही आधारमा विधेयकलाई के गर्ने भन्ने निर्णय गर्ने गठबन्धनमा सहमति छ।

Facebook Comments

हरेक खबर खास खबर