१ आश्विन २०७८, शुक्रबार
गृह कोभिडविरुद्धको खोप लगाएको दर्ता नम्बर भए , स्कुटर र मोटरसाइकल निःशुल्क सर्भिसिङ्ग
कोभिडविरुद्धको खोप लगाएको दर्ता नम्बर भए , स्कुटर र मोटरसाइकल निःशुल्क सर्भिसिङ्ग

कैलाली । धनगढीमा कोभिड(१९ विरुद्धको खोप लगाउन नाम दर्ता गरेर दर्ता नम्बर ल्याएर आएमा स्कुटर र मोटरसाइकल सर्भिसिङ्ग निःशुल्क गरिने भएको छ। हिरो मोटरसाइकलको अधिकृत विक्रेता विशेष अटोमोटिभ्स प्रालिले शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमलाई अघाडि बढा्एको हो।

प्रालिका सञ्चालक पुष्कर ओझाका अनुसार कुनैपनि व्यक्तिले कोभिड(१९ विरुद्धको खोप लगाउन आफ्नो नाम दर्ता गरेर दर्ता नम्बर लिएर आएमा पहिलो पटकका लागि हिरो कम्पनीका मोटरसाइकल र स्कुटर सर्भिसिङ्ग निशुल्क गरिन भएको हो। उनले खोप लगाएको कार्ड ल्याएमा २ पटकका लागि निःशुल्क फ्रि सर्भिस कुपन समेत प्रदान गरिने जनाएका छन्।उनले जनमानसमा खोपप्रति सकारात्मक सन्देश पुगोस भन्नेद उदेशयले यो र्काक्रम लाएको जनाएका छन्।


Facebook Comments

हरेक खबर खास खबर