१ आश्विन २०७८, शुक्रबार
गृह असोजमा गीतकार संघको सम्मान कार्यक्रम हुने , हरि उप्रेतीलाइ डायस्पोरा गीतकार सम्मान
असोजमा गीतकार संघको सम्मान कार्यक्रम हुने , हरि उप्रेतीलाइ डायस्पोरा गीतकार सम्मान

गीतकार संघ नेपालले हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय श्रष्टा सम्मान कार्यक्रम यस बर्ष केहि ढिलो आगामि असोजको पहिलो साता आयोजना गर्ने भएको छ।

हरेक बर्ष जेठ १४ मा गर्दै आएको यस सम्मान कार्यक्रम यस बर्ष कोभिडको महामारीको कारण केहि पर धकेलिएको छ 
गीत लेखनमा सक्रिय गीतकारलाइ बिभिन्न सम्मानले सम्मान गर्दै आएको गीतकार संघले यस बर्ष राष्ट्रिय श्रष्टा सम्मान २०७७ बाट बरिष्ठ गीतकार विश्व बल्लभलाइ रु १ लाख ५१ हजार नगद पुरस्कार सहित सम्मान गरिने छ।


यस्तै बिदेशि भुमिमा बसेर पनि नेपाली गीत लेखनमा सक्रिय गीतकार हरि उप्रेतीलाइ डायस्पोरा गीतकार सम्मान २०७७ बाट गीतकार हरि उप्रेतीलाइ रु १५ हजार नगद पुरस्कार सहित सम्मान गरिने भएको छ।

यस बर्ष देखि सुरुवात गरिएको बिष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७  बाट गुरुङ भाषाका गीतकार कृष्ण बहादुर गुरुङ लाइ रु २५ हजार ५ सय ५२ सहित सम्मान गरिने गीतकार संघ नेपालले एक बिज्ञप्ती प्रकाशन गरि जानकारी गराएको छ।

सस्थामा दर्ता हुन आएका गीतहरु मध्ये उत्कृष्ट १० गीत पनि छनौट गरिएको छ भने उत्कृष्ट ३ गीत पुस्तक पनि घोषणा गरिएको छ।

Facebook Comments