७ माघ २०७८, शुक्रबार
गृह त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रियः कुशलको पहिलो अर्धशतक
त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रियः कुशलको पहिलो अर्धशतक

काठमाडौं। ओमानको मस्कटमा जारी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रियको पहिलो खेलमा अमेरिकाविरुद्ध कुशल भुर्तेलले पहिलो अर्धशतक बनाएका छन्। कुशलले उत्कृष्ट ब्याटिङ गर्दै ५० रन पूरा गरेका हुन्।

नेपालका लागि ओपनिङमा आएका कुशलले आशिफ शेखसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। १३.६ ओभरमा आशिफ आउट भएपछि कुशलले कप्तान ज्ञानेन्द्र मल्लसँग २७ रनको साझेदारी गर्दै ओडीआईमा करियरको पहिलो अर्धशतकतर्फ अघि बढेका थिए।


नेपालका लागि ६७ बलको सामना गरेका कुशलले २ चौका र १ छक्का प्रहार गरेका छन्। यसअघि नेपालमा भएको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ब्याक-टू-ब्याक अर्धशतक बनाएर चर्चामा आएका कुशलले गत साता ओमान पुगेर ओडीआईमा डेब्यू गरेका थिए।

पपुवा न्युगिनीविरुद्ध नेपालले खेलेका दुई अभ्यास खेलमा कुशलसहित तीन खेलाडी-विक्रम शोब र आशिफले डेब्यू गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर