१२ माघ २०७८, बुधबार
गृह आन्तरिक पर्यटक भित्रयाउन प्याकेजै प्याकेजै
आन्तरिक पर्यटक भित्रयाउन प्याकेजै प्याकेजै

काठमाडौं । गतवर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले आन्तरिक पर्यटक लक्षित प्याकेज बनाउने भएका छन् । ठूलो नोक्सान बेहोरिसकेका व्यवसायी आन्तरिक पर्यटक आकर्षित गर्न सहुलियत मूल्य तथा छूटका प्याकेज ल्याउने त्यारि गरेका हुन्।

सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए । ‘ती पाहुना यस वर्ष आउनेछन्,’ उनले बताए । उनका पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका जनाए ।


जंगल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैं–तिहार सौराहा अफर सार्वजनिक गरेका हुन्। दुई रात तीन दिनको यो प्याकेजमा एउटा लञ्च, दुईओटा डिनर र दुईओटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति अवलोकन गराइनुका साथै थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने जनाएका छन् ।

होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा ल्याएका छन्। ‘हामीले दशैं–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौं,’ उनले भने । एक रात दुई दिनको उक्त प्याकेजको मूल्य ४ हजार ४४४ रुपैयाँ रहेको छ । सो प्याकेजमा एकरएकओटा लञ्च, डिनर र ब्रेकफाष्टका साथै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स रहेको छ।

सौराहाकै होटल सेभेनस्टारले दशैं–तिहार अफर ४० प्रतिशत छूट गरेको छ । कोठामा यो छूट दिइएको हा । होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा १० प्रतिशत र कर्पोरेट कार्यक्रममा पनि विशेष छूट दिइएको बताए । ‘कर्पोरेट कार्यक्रम, विवाह लगायतका लागि कोठा बुकिङ हुन थालेका छन्,’ उनले भने । भारतीय र मारवाडी समुदायको विवाहको बुकिङ भएको उनको भनाइ छ । क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताउँछन् । ‘अब पर्यटक आउँछन् भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने । आन्तरिक पर्यटक भिœयाउन सकेमा होटल टिक्ने उनको भनाइ छ । सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुरेन्ट छन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छूटका अफर ल्याउने विषयमा छलफल थालिएको जनाएका छन्। कोभिड घटेको र चाडपर्व आएकाले पर्यटक आउने आशामा आफूहरू रहेको खतिवडाको जनाएका छन् । ‘जे–जति नोक्सान बेहो¥यौं, अब नहोलाजस्तो लाग्छ,’ । आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले बताएका छन्।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको जनाएका छन्। कतिपयले प्याकेज बनाएको कतिपयले एकमुष्ट छूट दिएको उनले बताए।

गतवर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान बेहोरेका व्यवसायी अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित गरेर व्यवसाय क्रमशः पूर्ववत अवस्थामा फर्काउन लागिपरेको उनले बताए ।

Facebook Comments

हरेक खबर खास खबर